मौद्रिक नीति असार २१ पछि मात्र आउने

  २०७५ असार १२ गते १४:५९     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको तेस्रो सातामा मात्र आउने भएको छ । स्थानीय तहको बजेट धमाधम आइरहेको र सोही बजेटको पनि अध्ययन गर्नुपर्ने भएकाले तेस्रो साता धकेलिएको हो ।

मौद्रिक नीतिको तयारी काम भइरहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए । सरकारले लिएको ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रस्फिती साढे ६ प्रतिशत राख्ने गरी मौद्रिक नीतिका नीति तथा कार्यक्रम आउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.