कृषि विकास बैंकको आईएस अडिटका लागि सम्झौता

  २०७५ असार १२ गते १३:१५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक र डिल्लीबजारको रिआनडा बिज सर्भ प्रा.लिबीच आईएस अडिटका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट सामान्य सेवा विभागका विभागिय प्रमुख दिर्घबहादुर अर्याल र बिज सर्भको तर्फबाट म्यानेजिङ पार्टनर भक्त रिजालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात कृषि विकास बैंकको हाल प्रयोगमा रहेको सीबीएस लगायत समग्र सूचना प्रविधिको जांचबुझ हुनेछ । साथै, बैंकको थप सुरक्षाका लागि बैंकले अपनाउनु पर्ने सावधानी र भविष्यमा थप सुरक्षीत एवं गुणस्तरीय सेवा प्रदान गर्नका लागि बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाको लेखापरिक्षण समेत हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.