उद्योगमन्त्री र यूएर्इको उच्च अधिकारीबीच भेट, नेपालमा लगानी गर्न तथा उत्पादन लैजान युएर्इ तयार

  २०७५ असार ११ गते १८:४२     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र यूएईका उपसचिव अब्दुल्ला अहमेद अल सालेहसँग सोमबार भेट भएकाे छ । आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री यादवले देशलाई आर्थिक सम्वृद्धितर्फत अघि बढाउन सरकार निरन्तर रुपमा लागि रहने र समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक तुल्याउन लागि पर्ने जनाए ।


यूएईसँग नेपालको ४१ बर्ष देखिको सम्वन्ध रहेको स्मरण गर्दै साे सम्वन्ध हार्दिकतापूर्ण रहेको  उनकाे भनाइ छ। उनले विदेशिएका अदक्ष श्रम शक्तिलाई दक्ष बनाउन देशभित्र सीप विकासका अवसरहरु उपलब्ध गराउनु पर्ने खाँचो औल्याएका थिए । यसका लागि सीप विकास केन्द्रहरु स्थापनाकाे लािगि लगानी गर्न यूएई सरकारसँग उनकाे आग्रह छ । साथै नेपालको व्यापार घाटा कम गर्न निर्यात सम्भाव्य वस्तुहरुको सहज बजार पहुँचका लागि उनकाे अाग्रह छ ।

वैदेशिक लगानीका लागि देश भित्र उपयुक्त वातावरण निर्माण भैरहेकोले नेपालभित्र जलविद्युत, पर्यटन, उत्पादन लगाएतका क्षेत्रहरुमा लगानी गर्न समेत युएईको लगानीकर्ताहरुलाई उनले अाग्रह गरेका छन् ।

उक्त भेटमा उद्योग सचिब यामकुमारी खतिवडा, वाणिज्य सचिब चन्द्रकुमार घिमिरे समेतको उपस्थिति रहेको थियो । सो छलफलमा यूएईको उपसचिवले नेपाली उत्पादनलाई यूएईमा बजार प्रदान गर्ने काममा यूएई सरकारले सहयोग गर्न तयार रहेको बताए ।

उनकाे अनुसार यूएई सानो देश भए पनि अरवमा दोस्रो ठूलो आर्थिक शक्ति भएको देश हो ।  यूएईले बाहिरी लगानीको अबसर खोजिरहेकाे भन्दै रणनीतिक साझेदारीको रुपमा अगाडी बढ्नु पर्ने उनकाे धारणा छ ।

उनले यसका लागि दोहोरो कर र लगानी संरक्षण सम्झौता अगाडी बढाउन उनले सुझाए । प्रत्येकबर्ष हुने लगानी मञ्चको सम्मेलनमा अर्को बर्षको लागि निमन्त्रणा पठाउने समेत उनले जानकारी दिए । ‘हामी नेपालसँग सबैभन्दा राम्रो रणनैतिक साझेदार हुन चाहन्छौं,’ उनले भने ‘यूएर्इका लगानीकर्ताको भारतमा बलियोे उपस्थिति रहेकोले नेपालमा पनि लगानी गर्न सजिलो हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.