ह्युण्डाईको इलाइट आई२० नेपाली बजारमा, स्पोर्टस् र आस्ता भ्यारियन्टमा उपलब्ध

  २०७५ असार ११ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपालको लागि ह्युण्डाई मोटर्सका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि.ले इलाइट आई२० २०१८ फेसलिफ्ट नेपाली बजारमा ल्याएको छ । ह्युण्डाईको यो फेसलिफ्ट मोडल स्पोर्टस् र आस्ता भ्यारियन्टमा उपलब्ध छ ।

नयाँ इलाइट आई२० २०१८ फेसलिफ्ट उही फ्रन्ट ग्रील भएको क्यासकेड डिजाइनका साथ आउँछ, जुन कुना तर्फ पूरै तन्कीएको हुन्छ । यसको फग् एवं हेडल्याम्पहरुका साथै डीआरएलएस पनि अपग्रेड गरिएको छ । यसको पछाडि पट्टि, लाइसेन्स प्लेट बम्परबाट टेलगेटमा सारिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सुरक्षाको मापदण्ड अनुरुपमा एबीएस र एअरब्याग यसको दुइटै भेरियन्टमा उपलब्ध छ भने आस्तामा स्टेरिङ अनुकुली पछाडि देखिने क्यामराको साथ पछाडिको लागि पार्किङ सेन्सर पनि छ । उत्कृष्ट र सफा डिस्प्लेको लागि अझ राम्रो टच् भएको यसको इन्फोटेन्मेन्ट सिस्टम ७ इन्चमा अपग्रेट भएको छ । यसले कारप्ले, एनड्रोइड अटो र मिररलिंकको माध्यमबाट आर्कएम्ससाउण्ड र स्मार्टफोनसँग कनेक्ट भएर सिनेमाको अनुभूति प्रदान गर्छ ।

हाल लक्ष्मी ह्युण्डाईले आफ्नो १३ डिलर र सर्भिस सेन्टर सहितको डिलर सञ्जाल विस्तार गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.