मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु सिटि अस्पतालमा १० प्रतिशत छुट

  २०७५ असार ११ गते १६:०७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले अब पुल्चोकको सुमेरु सिटि अस्पतालको उपचार सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक र सिटि अस्पतालबीच साेमबार अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले सो मात्राको छुट पाउने भएका हुन् ।


उक्त सम्झौता पत्रमा बैंककातर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र अस्पतालकोतर्फबाट लेखा प्रमुख बादल सिल्पाकारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात यस विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले सुमेरु सिटि अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने छन् । साथै, औषधी खरिदमा ८ प्रतिशत छुट पाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.