मोबाइलबाटै काठमाडौं र पोखराको ३५ बढी होटलको कोठा बुक गर्न सकिने, १५ प्रतिशतसम्म ‘क्यास व्याक’ पाइने

  २०७५ असार १० गते १६:५९     विकासन्युज

काठमाडौं । मोबाइल तथा कम्प्युटरबाटै अब सहजै रुपमा स्तरिय होटल बुकिङ गर्न सकिने भएको छ । उक्त सेवा प्रदान गर्न काठमाडौंमा आइतबार एक कार्यक्रमबीच उचित मूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले इसेवासँग सहकार्य गरेको छ । उक्त सम्झौता दुई कम्पनीबीच होटल बुकिङ र भुक्तानीको लागि भएको हो ।


कार्यक्रममा ओयोसँगको सहकार्य सम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रेसिडेण्ट अस्गर अली र ओयोका भाइस प्रसिडेण्ट प्रसुन चौधरीबीच हस्ताक्षर भएको छ । साेही अवसरमा इसेवाका प्रेसिडेण्ट अलीले ओयो र इसेवाबीचको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए । ‘सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरिसकेको अवस्थामा नेपाल आउने पर्यटकको लागि हाम्रो सहकार्यले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरेका छौं,’ उनले भने ‘ ग्राहकहरुलाई होटल खोज्न दशतिर भौतारीरहन नपरोस् भन्ने उद्देश्यले हामीले यो सम्झौता गरेका हौं ।’

त्यस्तै कार्यक्रममा ओयोका भाइस प्रेसिडेण्ट चौधरीले इसेवासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । ‘यो सहकार्यले ओयोको विस्तारका लागि धेरै सहज हुनेछ,’ उलने भने ‘ओयो र इसेवा दुवै प्रविधिको प्रयोग गरेर ग्राहकहरुलाई अभुतपूर्व सेवा दिन सकिनेमा हामी विश्वस्त छौं ।’ इसेवासँगको सहकार्यले आफु निकैनै उत्साहित भएको उनको भनाइ छ ।

इसेवाको अनुसार ओयोमार्फत तत्काल काठमाडौं र पोखराका ३५ बढी होटलका ६ सय रुम इसेवामार्फत बुकिङ गर्न सकिन्छ । त्यस्तै ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजारभन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको इसेवाका प्रेसिडेण्ट अलीले जानकारी दिए ।

१५ प्रतिशतसम्म क्यास व्याक

इसेवाको अनुसार ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौैंका होटलहरुमा ७ प्रतिशत र पोखराका होटलहरुमा १५ प्रतिशत ‘क्यास व्याक’ को सुविधा दिइएको छ ।

इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । सन् २००९ बाट कारोबार शुरु गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट(इसेवाजोन तथा पोइन्ट) रहेको इसेवाको प्रेसिडेण्ट अलीको भनाइ छ ।

त्यस्तै ओयोले २०१७ मे २४ देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरेको थियो र छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ भन्दा बढी होटलसँग सहकार्य गरेको छ । सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमा पनि सेवा दिदै आएको आयोको भाइस प्रसिडेण्ट चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.