मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद सेयर निष्कासन असार २७ देखि

  २०७५ असार १० गते ८:५४     विकासन्युज

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले असार २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन ४ करोड ५० लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कास गर्न लागेको हो ।

हकप्रद सेयर निष्कासन बन्द साउन २९ गते हुने संस्थाले जनाएको छ । जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रद भर्न पाउने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि संस्थाको चुक्तापुँजी बढेर ९ करोड रुपैयाँ हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.