नेपाल र मेगा बैंकको सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

  २०७५ असार ९ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकको ७ करोड ३३ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सेयर संख्याका आधारमा मेगा बैंकको बढी छ । सो बैंकको २ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ ।

थप निष्कासन(एफपीओ) आउने भएपछि पछिल्लो समयमा नेपाल बैंकको बढी सेयर कारोबार भइरहेको छ । सेयर मूल्य भन्दा एफपीओको सस्तो भएपछि लगानीकर्ता धमाधम सेयर बेच्न थालेका हुन् । एफपीओ किन्न लगानीकर्ताले सेयर बेचेका हुन् । यस्तै मेगाको सेयर सस्तो भएकाले बढी बिक्री भएको हो ।

बजारमा यस साता १ अर्ब १२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्ज लिमिटेडका अनुसार यस साता कूल ४९ लाख ६१ हजार ११० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३४.७२ प्रतिशत कम हो । गत साता १८६ कम्पनीको ४८ लाख ६८ हजार ७० कित्ता सेयर १ अर्ब ७२ करोड पाँच लाख ६६ हजारमा बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.७७ अंकले घटेर अन्तिम दिन १ हजार २१८ अंकमा पुगेको छ । यसैगरी, समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.