अब एकै मिनेटमै एसईईको रिजल्ट, ईसेवाले ल्यायो यस्तो सुविधा

  २०७५ असार ९ गते १३:३७     विकासन्युज

 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो र सजिलो तरिकाबाट ईसेवामा हर्न सकिने भएको छ । परीक्षार्थीले ईसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका ईसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् ।

परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

परीक्षार्थीले ईसेवाको मोबाईल एप्लिकेशनबाट रिजल्ट हेर्न सक्नेछन् । यस्तै जततउस्ररचभकगतिक।भकभधब।अयm।लउ लगअन गरेर पनि रिजल्ट हेर्न सकिनेछ । ईसेवाले पहिलो पटक एसईईको रिजल्ट हेर्न सकिने व्यवस्था गरको हो ।

मुलुकभर जुनकुनै ठाउँमा भएका विद्यार्थीले घरमै बसेर मोबाइलबाटै पनि रिजल्ट हेर्न सक्ने लामिछानेले बताए । ईसेवाका साथै हाम्रा मुलुकभर रहेका करिब ३५ हजार जोन तथा पोइन्टबाट पनि सहजै रिजल्ट थाहा पाउन सकिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.