‘सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति’

  २०७५ असार ७ गते १२:५३     विकासन्युज

काठमाडौं । नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा सूचना सञ्चार प्रविधिमा रोजगारीः अवसर र चुनौति विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपालका लागि इजरायलका राजदुत एक्सिलेन्सी बेन्नी ओमेरको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यशालामा त्रिभुवन विश्वविद्यालय(त्रि.वि.)का रेक्टर प्रा.डा. सुधा त्रिपाठी विशेष अतिथिका रुपमा उपस्थित थिए ।

उक्त हिमालय कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले ‘नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्र निर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसै अनुसारको जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि इजरायली राजदुतले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षा प्रा.डा. सुधा त्रिपाठीले त्रि.वि. गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताएकी छिन् । उनले यस कार्यशालामा प्रस्तुत भएका विचारहरु नेपालको शैक्षिक पुनसंरचनाका लागि निकै महत्त्वपूर्ण रहेकाभन्दै यस्ता कार्यमा त्रि.वि.को सँधै साथ र सहयोग रहने बताएकी छिन् ।

कार्यक्रममा कलेजका चेयरमेन विष्णुप्रसाद शर्माले गुणस्तरीय र विश्व सुहाउँदो शिक्षा नेपालमै प्रदान गर्ने उद्देश्यले यस कलेजको स्थापना भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.