म्याद नाघेका सामान राख्ने व्यापारी पक्राउ पर्न शुरु, पहिलो दिनमै पक्राउ परे खुद्रा व्यापारीदेखि भाटभाटेनी सुपरमार्केटका सञ्चलकसम्म

  २०७५ असार ६ गते २२:४३     विकासन्युज

काठमाडौं । यसअघिका अनुगमनका क्रममा म्याद नाघेका, लेवल नभएका, मूल्यसूची नराखिएका पशलहरु फेला परे पनि सुझाब तथा निर्देशन दिदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अब सिधै त्यस्ता पशलका सञ्चालकहरुलाई पक्राउ गर्न शुरु गरिएको छ ।

बुधबार मात्रै काठमाडौं र ललितपुरमा विभागले गरेको अनुगमनको क्रममा खुद्रा पसलदेखि भाटभाटेनी सुपरमार्केटका सात जना सञ्चालकलाई पक्राउ गरिएको छ । साथै ती खुद्रा पशल तथा सुपरमार्ट सिलबन्दी गरीएको छ ।

विभागले गरेको पत्रकार सम्मेलनको क्रममा विभागका महानिर्देशक योगेन्द्र गौचनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशन अनुसार विभागले कडा कदम चालेको बताए । ‘यसअघि अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका समानहरु भेटाए सुझाब तथा निर्देशन दिने गरेका थियौं,’ उनले भने ‘समस्या जिउको तिउ रह्यो । अब त्यसरी नहुुने भएपछि त्यस्ता पसललाई सिधै सिलबन्दी गरिने र सञ्चालकलाई पक्रन शुरु गर्न थालेका छौं ।’

त्यस्तै पछिल्लो समय बजेट आएसँगै व्यपारीहले दैनिक खाद्यन्न सामाग्रीहरुको कृतिम भाउ बढाएकोप्रति चौतर्फी आलोचना भएको कारण पनि त्यसको अध्ययन अनुसन्धान गर्न सरकार कडा रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।

उनले थपे,‘अब खुद्रा पशल, थोक पशल, मार्ट तथा सुपमार्ट लागयतमा म्याद नाघेको, लेबल नभएको सामान भेटिए, मूल्यसूची नराखे थाहा पाए, आवश्यक कागजात तथा बिल बिजक उपलब्ध गराउन नसके सिधै कारबाही अघि बढाइनेछ ।’

उनले पटक–पटक सुझाब तथा निर्देशन दिएको भन्दै केही हप्ताअघि मात्रै सार्वजनिक सूचना समेत निकाली सकेको अवस्तामा पनि व्यवसायीहरुले अटेर गरेको उनले बताए

बुधबार विभागले पाँच टोलि बनाइ काठमाडौं र ललितपुरमा गरेको अनुगमनमा ६ ओटा खुद्रा पसलदेखि विगमार्टसम्मलाई सिलबन्दी गरेको छ भने ७ जना सञ्चललाई पक्राउ गरिएको छ ।


पक्राउ पर्नेहरुमा काठमाडौंको कालिमाटीस्थित सिबज्योती ट्रेडीङ, कलंकीस्थित भाटभाटेनी सुपरमार्केट, गोंगबुस्थित रोसी सुपरमार्ट र जोरपाटीस्थित सुरोज स्टोरका सञ्चालकहरु रहेका छन् ।

त्यस्तै थोक पशलहरुमा ललितपुरको बालकुमारी स्थित पञ्च स्टोर, सोही स्थानको तिमिल्सिना किराना तथा खाद्य स्टोर र बंलामुखी स्टोरका सञ्चालक पक्राउ परेका छन् ।

कलंकीस्थित भाटभाटेनी सुपरमार्केट बाहेकका सबै सुपरमार्ट थोक तथा खुद्रा पशललाई सिलबन्दी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए ।

सिलबन्दी गरिएको सुपरमार्ट तथा पशलहरुमा लेबल नभएको, म्याद नाघेको ठूलो परिमाणमा सामानहरु फेला पारिएको छ । मूल्यसूची राखिएको छैन । साथै व्यवसायीक दर्ता सम्बन्धित कागजातहरु र स्टकका सामानहरुको कागजात देखाउन सकेका थिएनन् ।

पक्राउ परेका व्यापारीहरुलाई अनुसन्धानको लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाईएको विभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.