घर तथा अफिसमा इन्टेरियरको काम गर्न हामी अब्बल छौं- शाह

  २०७५ असार ४ गते १७:०३     अशोक शाह

विगत २१ वर्षदेखि मुस्कान इन्टेरियरले घर तथा अफिसका लागि चाहिने सबै प्रकारका फर्निचरका सामाग्री निर्माण गर्दै आएको छ । हाम्रो अनुभवले अब नेपालमा बन्ने सबै प्रकारका घर, अफिस, हाउजिङ र हाइराइज बिल्डिङमा समेत काम गर्न सक्छौं । निर्माण स्थलमै गएर सेवा सुविधा दिने भएकोले हामीप्रति सेवाग्राहीले विस्वास बढाउँदै लगेका छन् । इन्जिनियर, ज्यामी, निर्माण सामाग्री सबै एकै ठाउँमा पाइन्छ र यसबाट हामीले अन्तर्राष्ट्रिय स्तरको सुविधा दिन्छौं । हाम्रो इन्टेरियरको सेवा सुविधा उपयोग गर्ने सेवाग्राहीले कुनै अन्य कम्पनीमा जानु पर्दैन । ग्रेड हेरी कुन स्तरको सामाग्री प्रयोग गर्ने हो सोहि अनुसारको हाम्रो डिजाइनरले कति खर्चसम्मको बनाउने हो सो को डिजाइन तयार गरी सेवाग्राहीलाई प्रदान गर्नेछौं ।

घर तथा अफिसका लागि आवश्यक पर्ने झ्याल ढोका, भर्याङ, रेलिङ, पार्केटिङ सबै सामाग्री एकै ठाउँमा पाइन्छ । हामीले प्रयोग गर्ने प्रायः सामाग्रीहरु नेपाली नै हुन् । हामीसँग ४ लाखदेखि ७ लाख रुपैयाँ सम्मका सोफासेटहरु रहेका छन् ।

नेपाल बाहिरबाट आउने फर्निचरका सामाग्रीहरु देख्दा राम्रो भएपनि लामो समयसम्म टिक्ने खालको हुँदैन । नेपालीहरुले विदेशीहरुले जस्तो प्रयोेग गरेर फाल्ने भन्ने हँुदैंन । त्यसैले नेपालीले टिकाउ सामाग्री किन्नुपर्छ ।
नयाँ घर मात्र नभएर पुराना घरहरुमा पनि हामीले नयाँ घरकै अनुभव हुनेगरी काम गर्छौ । हाम्रो कम्पनीले प्रायः प्रयोग गर्ने सिसौको काठ हो । यसको हामीले लाइफ ग्यारेन्टी दिन सक्छौं । निर्माण गर्ने किचेनको लागत २ लाख देखि १५ लाख रुपैयाँ सम्म हुनसक्छ ।

हाम्रो इन्टेरियरले ग्राण्डी अस्पताल लगायत ठूला हाउजिङमा समेत काम गरिसकेका छौं । त्यसैले अब हाम्रो अनुभव र सेवामा ग्राहकहरुमा सन्तुष्टि बढ्दै गएको छ । हामीले धनी घरपरिवारदेखि गरिब घरपरिवार समेतलाई आधार मानेर प्याकेज बनाउँछौं । विषेशगरी नयाँ घर निर्माण गर्ने सेवाग्राहीका लागि पहिले नमुना तयार गरी थ्रीडी भिडियो बनाउछौं । यो सेवाग्रहीको लागि पूर्ण रुपमा निःशुल्क हुनेछ । हामीले गर्ने सबै पीयू पोलिस नै हुन्छ । चोपडा पोलिस तुलनात्मक रुपमा सस्तो पर्न आउने भएपनि गुणस्तरको लागि हामीले पीयू पोलिस नै गर्ने गरेका छौं । (शाह मुस्कान इन्टेरियर प्रालिका प्रबन्ध निर्देशक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.