सुजाता कोइरालाले भनिनः कोईरालाको नेतृत्वमा काँग्रेस हुँदैमा राम्रै हुन्छ भन्ने छैन

  २०७५ असार ४ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसको नेतृत्वमा कोईरला हुने वित्तिकै राम्रो हुन्छ भन्ने नभएको बताएकी छिन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा नेतृ कोइरालाले पार्टीमा काँग्रेसको नेतृत्व सँधै कोइराला परिवारमा नरहने भएकाले सक्षमहरुको अग्रसरता लिनुपर्ने धारणा राखिन् ।

‘‘सधैँ कोइराला परिवार रहँदैन,कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भ्गवान पनि होइनन्, तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ ।”–उनले भनिन् ।

तीनै तहको निर्वाचनमा पार्टीले पराजय व्यहोरेकाले सभापति शेर बहादुर देउवा असफल भएको र अब सक्षम युवा पुस्ताले काँग्रेसको जिम्मेवारी लिनुपर्ने समय आएको पनि बताईन् ।

पार्टीको नीति, सिद्धान्त र विचार भन्दाबाहिर जानखोज्नेलाई नेतृत्वदिननहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रितहुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताईन् ।

फरक प्रसंगमा उनले नेपालका दुई छिमेकी देश भारत र चीनसँगको सम्बन्ध एक नासले अगाडि बढाउनु पर्नेमा जोड दिइन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको सन्दर्भमा उनले नेपालको हितमा हुनेगरि भ्रमणलाई केन्द्रित गर्न सुझाब दिइन् । उनले भनिन्,‘भारत र चीन दुवै देशबाट नेपालले फाईदा लिन सक्नुपर्छ, दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.