एउटै एक्स्पोमा ५५ वटा अपार्टमेन्ट बुक भयो- शाक्य

  २०७५ असार ४ गते १३:१५     मिबिका शाक्य

क्लासिक टावर अपार्टमेन्ट २०११ मा सुरु भएको हो । यो क्लासिक डायमण्ड ज्वेलर्सबाट क्लासिक डेभलपर्स कम्पनीको स्थापना गरिएको हो । कम्पनीले सातदोबाटोबाट २ सय मिटर भित्र सुबिधा सम्पन्न अपार्टमेन्टहरु निर्माण गरेर बिक्री गरिरहेको छ ।

९ रोपनी जमिनमा फैलिएको क्लासिक टावरमा १६७ वटा अपार्टमेन्ट छन् । २ बेडरुम देखि ६ वेड रुमसम्मका अपार्टमेन्ट छन् । हामीसँग ७३० स्क्वायर फिटदेखि १५०० स्क्वायर फिटसम्मका अपार्टमेन्ट छन् । ती अपार्टमेन्टहरु ७५ लाखदेखि एक करोड २५ लाखसम्ममा उपलब्ध छन् । आजका दिनमा पनि हामी प्रति स्क्यावर फिट अपार्टमेन्ट १० हजार रुपैंयामा बिक्री गरिरहेका छौं ।

एक्स्पोबाट बुकिङ गर्नेहरुका लागि मोडुलर किचेन, १.५ टनको एसी र ३ प्रतिशतसम्म नगद छुटको व्यवस्था गरेका छौं । अघिल्लो एक्स्पोपछि ५५ वटा अपार्टमेन्ट बेचेका थियौं । अब ४० वटा अपार्टमेन्ट बेच्न बाँकी छ । एक्स्पोबाट २५ वटा जति अपार्टमेन्ट बुकिङ हुने अपेक्षा गरेका छौं ।

प्राइम लोकेशन, सपिङ महलहरु नजिकै हुनु, राम्रा स्कुलहरु नजिकै छन् । हस्पिटल पनि नजिकै छ । क्लासिक टावरको १३ औं तल्लाबाट पूरै काठमाडौंको दृश्यावलोकन गर्न सकिन्छ ।

अहिले १३ तल्लाको भवनमा अपार्टमेन्ट बेचिरहेका छौं । यो भूकम्प प्रतिरोधी भवन हो । भूकम्पछि भवनहरुमा कुनै पनि क्षति नभएकाले क्लासिक टावरले छुट्टै पहिचान बनाएको छ । क्लासिक टावरको यो पहिलो परियोजना हो । मूल्य, लोकेशन, गुणस्तर जस्ता सबै कुराले क्लासिक टावरले मानिसहरुलाई आकर्षित गरिरहेको छ ।

हामी अहिलेसम्म अपार्टमेन्टमा मात्रै काम गरिरहेका छौं । डेढ वर्षपछि हाउजिङ निर्माण थाल्दैछौं । दोस्रो परियोजनाका रुपमा हाउजिङ र ६/६ तले अपार्टमेन्ट बनाउने योजना सुरु गर्दैछौं । अहिले नेपालमा अपार्टमेन्टहरु प्रति आकर्षण बढिरहेको छ । जग्गा किनेर घर बनाउँदा तीन करोड जति पर्न जान्छ तर हामी तयारी अवस्थाका अपार्टमेन्टहरु अधिकतम १ करोड २५ लाख रुपैंयाँमा बेचिरहेका छौं ।

काठमाडौंमा घर बनाउन जमिनको अभाव छ, त्यसकारण अपार्टमेन्टमा जान सबैले प्रेरित गरिरहेका छन् । अपार्टमेन्ट वा हाउजिङरुमा बत्ति, पानी, सुरक्षा, लगायतका सबै कुराको राम्रो प्रबन्ध हुन्छ । (शाक्य क्लासिक डेभलपर्स प्रा.लि. का सिनियर मेनेजर हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.