बिजुली उत्पादकको मागः उर्जा क्षेत्रमा बैंकको लगानी २०० प्रतिशत बढाईयोस, ९ प्रतिशत ब्याजमा ऋण

  २०७५ जेठ ३१ गते १७:३७     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(ईपान)ले बैंक तथा वित्तिय संस्थाहरुले उर्जा क्षेत्रमा गर्ने लगानी २०० प्रतिशतले वृद्धि हुनुपर्ने माग गरेको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ईपानले बैंक तथा वित्तिय संस्थाहरुले अहिले गरिरहेको लगानीमा २०० प्रतिशत वृद्धि गर्नुपर्ने माग गरेको हो ।ईपानका अध्यक्ष शैलेन्द्र गुरागाइँले ३ बर्षमा ३ हजार मेगावाट, पाँच बर्षमा ५ हजार र १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य पुरा गर्न बैंकहरुको लगानी २०० प्रतिशतले बढाउनुपर्ने बताए ।

चालु आर्थिक बर्षको १० महिनामा बैंक तथा वित्तिय संस्थाहरुले ७३ अर्ब ९५ करोड लगानी गरेका छन् । जुन बाणिज्य बैंकले उर्जा क्षेत्रमा गर्नुपर्ने ५ प्रतिशत लगानीको जम्मा ३.३ प्रतिशत मात्रै हुन आउँछ ।

ईपानले कर्जा लगानीका लागि सम्झौता गरेर ऋण रकम प्रवाह गरिसकेपछि मात्रै १५ प्रतिशत भित्र गणना गरिने व्यवस्था आवश्यक हु्ने रहेको धारणा पनि राखेको छ ।

निजी उर्जा उत्पादकहरुले नयाँ मौद्रिक नीतिले ९ प्रतिशत भित्रै कर्जा उपलब्ध गराउने व्यवस्था गर्न पनि माग गरे । ‘हामी बैंकको सावाँ तथा ऋण भुक्तानी गर्नै नसक्ने अवस्थामा पुगिसकेका छौं, त्यसैले निर्माण अवधीभरका लागि ९ प्रतिशतमा ऋण पाउने व्यवस्था चाहियो’, ईपानका अध्यक्ष गुरागाइँले भने ।

पुन कर्जाको सहुलियतलाई बढाएर दिर्घकालिन बनाउनुपर्ने, उर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउन ७ दिनभित्रै अनुमति प्रक्रिया पुरा गर्नुपर्ने लगायतका माग पनि उनीहरुले अघि सारेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.