ट्रम्प र किम जोङ उनको भेटलाई नेकपाको स्वागत

  २०७५ जेठ ३१ गते १७:१०     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनबीचको भेट वार्तालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्वागत गरेको छ ।
नेकपाको विदेश विभाग प्रमुख माधव कुमार नेपालले एक विज्ञप्ति निकालेर दुई देशका प्रमुखहरुबीचको वार्तालाई स्वागत गरेका हुन् ।
दुईबीचको वार्ताले कोरियाली प्रायदिपमा दिगो शान्तिको स्थापना हुने अपेक्षा समेत नेकपाले व्यक्त गरेको छ ।

नेकपाले दुई कोरियाबीच अब दिर्घकालिन शान्ति स्थापनाका लागि समेत मार्ग प्रशस्त भएको नेकपाले ठहर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.