आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच क्यासलेस सम्झौता

  २०७५ जेठ ३१ गते १२:१८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटललाइजेशन सुविधा प्रदान गर्ने सम्झौता भएको बताएका छन् ।

साथै, सोही अवसरमा बयोधा हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । त्यस्तै, अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.