ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन गरेर फर्किए माधव नेपाल र नारायणकाजी

  २०७५ जेठ २९ गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन भ्रमण सम्पन्न गरेर नेपाल फर्किएका छन् । उनीहरुले ब्राजिलमा रहेको फ्लोस्र्टन फर्नाण्डेज नेशनल स्कुलका अवलोकन भ्रमण गरेका थिए । त्यहाँ बरिष्ठ नेता नेपाल र श्रेष्ठले नेपालको मार्क्सवादी आन्दोलनबारे प्रशिक्षण समेत दिएका थिए ।

नेकपाले नेपालमा पनि मदन भण्डारी एसियन स्कुल सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसकै तयारीका लागि नेता नेपाल र श्रेष्ठले ब्राजिलको १० दिन लामो भ्रमण गरेका थिए । ब्राजिलमा सञ्चालित मार्क्सवादी स्कुलबाट पाठ सिकेर नेपालमा एसियनस्तरको मार्क्सवादी स्कुल सञ्चालन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.