सार्वजनिक विदाहरु बढीमा १४ दिन मात्र गर्न माग, अर्थमन्त्री खतिवडाले भने–‘अनावश्यक विदा कटौति हुन्छ’

  २०७५ जेठ २८ गते २०:५०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक विदा बढीमा १४ दिन मात्र गर्न माग गरेको छ । आर्थिक समृद्धि हासिल गर्न कार्यदिन बढाउन महासंघले अर्थमन्त्री डा युवाराज खतिवडा समक्ष यस्तो माग गरेको हो ।

बजेटको समीक्षा गर्न महासंघको सचिवालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रले यस्ताे माग राखेकाे हाे । ।

सार्वजनिक विदा कटौति हुनुपर्ने निजी क्षेत्रको माग जायज भएको मन्त्री खतिवडाले बताए । ‘सरकारले गत वर्षभन्दा यस वर्ष सार्वजनिक विदा कटौति गरिसकेको छ । नगर्नु पर्ने तथा अनावश्यक रुपमा सार्वजनिक विदा गर्ने पक्षमा सरकार छैन’ उनले भने ।

२०७४ सालमा पात्रोमा सरकारले १०४ दिन सार्वजनिक विदा दिएको थियो । २०७५ सालको सरकारी पात्रोमा ८९ दिन सार्वजनिक विदा जाइएको छ । त्यसमा सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि २२ दिन बिदा र सबैलाई हुने सार्वजनिक बिदा ६७ दिन कायम गरिएको छ ।

महासंघले माग गरेको १४ दिन मात्र भनिएको सार्वजनिक विदा शनिबार वाहेक हो । शनिवार समेत गर्दा वर्षभरीमा ६६ दिन विदा हुनेछ । ६६ दिन मात्र विदा गर्न सरकारले अझै २३ दिन विदा कटौति गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.