सहयोगी विकास बैंकले महिन्द्राको बाइकमा ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने

  २०७५ जेठ २८ गते १५:३०     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले महिन्द्रा ब्राण्डको दुई चक्के सवारी साधान(मोटरसाइकल)मा लगानी गर्ने भएको छ । सो सम्बन्धमा जनकपुरमा रहेको माहा गणपति अटो सेल्स प्रालिसँग सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र महा गणपति अटो सेल्स प्रालिको तर्फबाट प्रबन्ध सञ्चालक दिपेन्द्रकुमार दासले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माहा गणपति अटो सेल्सले विक्री गर्ने दुई चक्के सवारी साधानलाई कम्पनीले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले मोटरसाइकल मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणीबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल विक्रेता कम्पनी महा गणपति अटो सेल्सले समेत सघाउनु पर्ने भएको छ ।

उक्त कम्पनीको मोटरसाइकलमा कर्जा लगानी गरिदिएवापत कम्पनीले बैंकलाई प्रति मोटरसाइकल दुई देखि चार हजार रूपैयाँसम्म कमिशन भुक्तानी गर्नुपर्ने छ । यो सम्झौता २०७७/३/३१ सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ ।

सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिएका छन् । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.