सेयर बजार करेक्सनतर्फ, नेप्से ९ अंकले बढ्यो, दुई कम्पनीले कमाए ९ प्रतिशत बढी

  २०७५ जेठ २८ गते १५:०२     विकासन्युज

काठमाडौं । केही दिनदेखि घट्दै आएको सेयर बजार अब करेक्सनको बाटो तर्फ लागेकाे छ। सोमबार बजार ९.५५ अंक बढेर १ हजार २४१ अंकमा पुगेको छ । आइतबार बजार २५ अंकले घटेर १२३१ अंक तल पुगेको थियो ।

लगातार घट्दै गएको बजार बढेपछि एउटा विन्दुमा आएर करेक्सन भएको बुझिन्छ । आज एक दिनको वृद्धिलाई आधार मानेर विश्लेषण गर्न नसकिने र आगामी दिनमा यसले निरन्तरता पाउँछ की पाउदैन भन्ने लगानीकर्तामा चासोको विषय बनेको छ ।

अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकममा गिरावट आएको छ । आइतबार ४४ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा ४३ करोडको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको दिनभरमा ३ करोड ८५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ रहेको छ ।

सोमबार बीमा समूह १०२ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स, होटल, उत्पादनमूलक, बैंकिङ्, हाइड्रोपावर र अन्य समूह हरिया भएका छन् भने बाँकी समूह ओरालो लागेका छन् ।

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल हाइड्रो डेभलपर्शका लगानीकर्ताले एकैदिन ९ प्रतिशत बढी कमाएका छन् । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः ९.९६ र ९.५२ प्रतिशतले बढेको छ ।

यस्तै गुमाउनेमा एभरेष्ट बैंक लिमिटेडका कन्भर्टिभल प्रिफेरेन्स सेयरका लगानीकताले ५८१ रुपैयाँ गुमाएका छन् । जुन प्रतिशतको आधारमा ९.२२ प्रतिशत घटी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.