राजधानीमा यस्तो विद्यालय, जहाँ विद्यार्थीलाई ध्यान र योगासहितको त्रिभुजीय शिक्षा दिइन्छ

  २०७५ जेठ २८ गते १३:०९     राजाराम न्याैपाने

काठमाडौं । तपाईले आफ्नो छोराछोरीलाई अलि फरक खालको शिक्षा दिने विद्यालय खोजिरहनु भएको छ ? सरकारले निर्धारण गरेको पाठ्यक्रम सँगसँगै योग र ध्यान गराउने शिक्षा दिन चाहानुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईको सोच अनुसारको शिक्षा पथिक ज्ञान निकेतन विद्यालयले दिइरहेको छ ।

पथिक ज्ञान निकेतनले योगासहित त्रिुभुजीय शिक्षा दिइरहेको छ । यो विद्यालयमा प्ले ग्रुपदेखि नै औपचारिक शिक्षाका साथै योगा र ध्यानसँग अध्ययन गराइन्छ । त्रिभुजीय शिक्षा प्रदान गर्ने यस विद्यालयमा विद्यार्थीको अन्य स्कुलको जस्तो पहिलो, दोस्रो र तेस्रो भनेर श्रेणी छुट्टाइदैन । यसले विद्यार्थीलाई प्रतिशोधको भावना भन्दा सहयोगको भावना विकास भैरहेको छ । पथिकले नेपालमा नै नमुना तरिकाले शिक्षा दिएको छ ।

पथिक पाउन्डेसनबाट संचालित स्कुलका प्रिन्सिपल विवेक सी एसले भनिन् नेपालमा अलिकति फरक खालको शिक्षा दिन फरक ढंगबाट माध्यामिक शिक्षा दिने स्कुल स्थापना गरेको बताइन् । विकास न्यूजसंग कुरा गर्दै उनले भनिन् “ध्यान गुरु आचार्यश्री पथिकले लेख्नु भएको पुस्तकमा त्रिभुजीय शिक्षाको प्रतिपादन भएको थियो । त्यही सिद्धान्तका आधारमा स्कुल संचालन भैरहेको छ ।”

विद्यालयले १ हजार ७०० देखी २ हजार २०० सम्म मासिक शुल्क तोकेको छ । भर्ना शुल्क ४ हजार ५०० देखी ५ हजार ५०० रुपैयाँ सयसम्म तोकेको छ । हाल पथिकमा २०० विद्यार्थी अध्ययनरत छन् ।

विभिन्न देशबाट गोल्ड मेडालिष्टहरुले विद्यार्थीलाई पथिकमा पढाइरहेका छन् । हाल कक्षा ८ सम्म पढाइ भैरहेको छ । स्कुलमा विद्यार्थीलाई बेन्च नराखी भुइमै राखेर अध्ययन गराइरहेको उनले बताइन् । “विद्यार्थीलाई बेन्चमा राख्दा उनीहरु पूर्णरुपमा स्वतन्त्र हुदैनन् । त्यसैले विद्यार्थीलाई स्वतन्त्र रुपमा सिकाउँदा राम्र्रो र छिटो सिक्ने गरेका छन् ।”

विद्यालयले विद्यार्थीलाई परीक्षाको तालीका पनि तोक्ने गरेको छैन । विद्यार्थीले प्राप्त गरेको अंकलाई रिपोर्ट कार्डमा मात्रै प्रस्तुत हुने गरेको छ । अरु विद्यार्थीहरुमा जस्तो पहिलो, दोस्रो भनेर छुट्टाइदैन । विद्यार्थीको रिपोर्ट कार्डमा स्वास्थ्य, सामान्य एकेडेमी र बानी उल्लेख गरिएको हुन्छ ।

एउटा परीक्षा हलमा २ जना शिक्षक विद्यार्थीहरुको आचरण कस्तो छ भनेर अध्ययन गर्ने गरेका छन् । “हामीले सरकारले नै निमार्ण गरेको पाठ्यक्रमको अध्ययन गराउने गरेका छौँ । हामो अध्ययन गराउने पद्धती फरक हो” उनले भनिन् ।

विद्यार्थीले विद्यालयमा पैसा बोक्न पाउदैनन् । स्कुलमा जङ्क फुड निषेध गरिएको छ । आफैले उत्पादन गरेको गाईको दुध विद्यार्थीलाई खुवाउने गरेको विद्यालयले जानकारी दिएको छ । स्कुलमा कार्यरत शिक्षक मास्र्टस र डाक्टर गरेका मात्रै छन् । विद्यार्थीलाई योगा र ध्यान गर्ने हलको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई पढाइसँगसँगै योगा र ध्यान पनि गराइने विद्यालयले बताएको छ ।

के हो त्रिभुजीय शिक्षा ?

मनुष्यको तीन अलग क्षमता र विशेषता बोकेका तीन मस्तिष्कबाट सुसज्जित हुन्छन् । तीमध्ये बायाँपट्टिको मस्तिष्कको बढिमा १५ प्रतिशतसम्म क्षमताको मात्र उपयोग हुन सकेको छ । अर्काे दायाँपट्टिको मस्तिष्क, जो सृजनात्मकता र दक्षताको उद्गम स्थल हो । त्यो ज्यादै न्यून मात्र विकास र उपयोग हुन सकेको छ । तेस्रो, पछाडि पट्टिको मस्तिष्क जसले मानवतामा अलौकिक दिव्यताको प्रस्फुटन गराउन सक्छ । त्यो त पूर्णत सुषप्त अवस्थामै छ ।

प्रचलित शिक्षा व्यवस्थाले बायाँपट्टिको मस्तिष्कको मात्र त्यो पनि न्यूनतम मात्रामा उपयोग गर्न सकेको छ । त्रिभुजीय शिक्षा यस्तोे शिक्षा नीति हो, जसले मानवका यी तीनवटै मस्तिष्कलाई जाग्रत र सक्रिय तुल्याएर दक्षता, सृजनात्मकता, मानवीयता र वैज्ञानिक दृष्टिले सम्पन्न मानिसको विकास गर्नेछ, जो चेतनाको अति उच्च स्तरमा हुने छ । यसले समग्र मानव सभ्यतालाई नै विलक्षण उचाइ दिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.