जन्ती आउने अघिल्लो दिन देखि ज्वोरोले निस्लोट परिछ बिचरा: जुनाको ज्वोरो

  २०७५ जेठ २८ गते १३:१६     विकासन्युज

डा. हरी अधिकारी

जुनाको ज्वोरो

जेठ महिनाको
ज्यानमारा घाममा
ज्यामिरेमा घाँस काट्दै गर्दा
जमुनाको कोखमा जन्मिएकि जुना
जम्मा चार बर्ष जति मात्र बसि रे जन्मघरमा ।

जिमलबा को नामले
जताततै चिनिएका जुनाका बा
जहिले पनि जुवा खालमा मात्र पुगेर
जजमानि गरि बाबुले जुटाएको जेथा
जिरिखिम्ति पारिसकेको हुनाले
जमुनाले जुनालाइ माइत छोड्ने निधो गरिछ्न् ।

नगरुन पनि किनरु
जुवामा जितेर ल्याएको
जैरे एक जोर मारबाडि पनि
जमुनाको जिउमा नपर्दै जिप्ट्याउन लाग्दा,
जुनाले नै मुठ्ठिमा लुकाएर जोगाएकि थिइ रे ।

बाह्र वर्ष जतिकी जुना घर फर्कँदा
बिहेको साइत जुरी सकेको थियो,
जन्म घरको अन्तिम स्वाद लिनु रहेछ
जबर्जस्तीको बिहे बिरुद्धमा जुध्नु पर्दा
जन्ती आउने अघिल्लो दिन देखि
ज्वोरोले निस्लोट परिछ बिचरा ।

ज्वोरो आउंदा आउंदै
जोरजुलुम गरि जन्ती संग पठाएकोले हो
वा जवानिको जोशले मत्त
जिवनसाथी भनाऔंदो पुरुषको रापले हो
जती जरमुरा खाए पनि
जुनाको ज्वोरो कहिल्यै जाती भएन ।
जुना जलि रहि, जलि नै रहि

आखिरी जवानि चढ्नु भन्दा पहिले नै
जलेर गयो बिचरा जुनाको जिबन
जे होस्, बाइस जाँघर मा जलाउन लाग्दा पनि
जुनाको मुठी भने कसिएको कसियै थियो रे
जुनी जुनी सम्म नफुस्कने गरि
त्यहि जबर्जस्ति को विरोधमा ।

(अधिकारी रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापनरत छन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.