३ करोड जनसंख्यालाई ६१३७ डाक्टर, १ डाक्टरले ४७२५ जनालाई उपचार, कुन रोगको कति हेर्नुहोस

  २०७५ जेठ २७ गते १२:२४     विकासन्युज

काठमाडौं । नेपालमा एक विशेषज्ञ चिकित्सक (डाक्टर) ले ४ हजार ७२५ जना विरामी हेर्नुपर्ने देखिएको छ ।  हालसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ६ हजार १३७ जना मात्र रहेका छन् ।

अहिले २ करोड ९० लाख जनसंख्यालाई हिसाव गर्दा एउटा चिकित्सकले ४ हजार ७२५ जनालाई उपचार गर्नुपर्छ ।
कुल चिकित्सक मध्ये पुरुषको संख्या ४ हजार ३८९ र महिलाको संख्या १ हजार ७४८ जना रहेको नेपाल मेडिकल एसोसिएसनले जनाएको छ ।

सबैभन्दा कम चिकित्सक कार्डिक सर्जरीमा रहेको एसोसियसनले जनाएको छ । ट्रान्सफुजन मेडिसिन एन्ड टिस्युटाइपिङमा १ जना मात्र चिकित्सक छन् । सबैभन्दा बढी चिकित्सक इन्टरनल मेडिसिनमा रहेका छन् ।

यस्तै अवस्टीक एन्ड गाइनेमा ६२२, पेडट्रिक्समा ५०४, जनरल सर्जरीमा ५५६, अर्थोपेडिकमा ४७५, रेडियोलोजी एन्ड एमाइजिनमा ३५२, अप्टोमनोलोजी २९१ जना रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.