विकास फ्लोर मिललाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान


  २०७५ जेठ २५ गते १३:१७     विकासन्युज

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी बिकास फ्लोर मिल प्रालिलाई ‘उत्कृष्ट स्वच्छ र गुणस्तरीय खाद्य उद्योग’ अवार्ड प्रदान गरिएको छ । १०औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस, २०७५ को अवसर पारेर कृषी, भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको खाद्य प्रबिधी तथा गुणनियन्त्रण बिभागले सम्मान गरेको छ ।

ग्रुपद्धारा उत्पादित लोकप्रिय ब्रान्डहरु ज्ञान चक्की आँटा, ज्ञान मैदा, ज्ञान लिटोहरु उत्पादन गर्ने प्रतिष्ठीत कम्पनी बिकास फ्लोर मिल प्रालिले, स्वछ र गुणस्तरिय खाद्य पदार्थहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीका उत्पादनहरु मानव स्वाथ्यको लागि निकै उत्कृष्ट रहेको भन्दै नेपाल सरकारले स्वछ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठुला तथा मझौला उद्योगहरु मध्ये उत्कृष्ट उद्योगको रुपमा बिभागले सम्मान गरेको हो ।

उक्त अबसरमा दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडले भने ‘विगत ३ दसक देखि हामी नेपाली बजारमा उत्कृष्ट खाद्य बस्तुहरु उत्पादन र बिक्री वितरण गर्दै आएका छौं । हाम्रो मुख्य उद्देश्य भनेकै गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्दै उपभोक्ताको स्वास्थ्य र स्वादमा सदैब समर्पित हुनु हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.