आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच क्यास लेस सम्झौता

  २०७५ जेठ २१ गते १८:०९     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापाले हस्पिटलसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यास लेश हस्पिटलाईजेशन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिएका छन्।

साथै, कार्यक्रममा हस्पिटलले आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन आग्रह गरेका छन् । साथै, उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.