माधव नेपाल र नारायणकाजी ब्राजिल भ्रमणमा, मार्क्सवादबारे एसियन स्कुल चलाउने

  २०७५ जेठ २० गते ९:५०     विकासन्युज

काठमाडौं । नव गठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिल भ्रमणका गएका छन् । कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय दुई दिने सेमिनार सम्पन्न गरे लगत्तै बरिष्ठ नेता नेपाल र श्रेष्ठ ब्राजिल भ्रमणमा गएका हुन् ।

उनीहरुले ब्राजिलमा रहेको फ्लोर्सटन फर्नान्डेज नेशनल स्कुलको अवलोकन भ्रमण गर्नेछन् । सो स्कुलले ब्राजिलमा मार्क्सवादबारे नियमन प्रशिक्षण सञ्चालन गर्दै आएको छ । नेपालमा पनि मार्क्सवादबारे नियमन अध्यापनका लागि मदन भण्डारी एसियन स्कुल स्थापनाको तयारी भैरहेको छ । सो स्कुल स्थापनाका लागि ब्राजिलको अनुभव बुझ्न दुई नेता भ्रमणमा निस्किएका हुन् ।

नेता नेपालकै पहलमा विश्वभरका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी गराएर नेपालमा कम्युनिष्ट सेमिनार आयोजना गरिएको थियो । नेता नेपालले अब मार््क्सवादबारे नयाँ पुस्तालाई अध्ययन गराउन मदन भण्डारी एसियन स्कुल स्थापनाको पहल गरिरहेका छन् । बरिष्ठ नेता नेपाल र श्रेष्ठले १० दिनसम्म ब्राजिलको अवलोकन भ्रमण तथा राजनीतिक भेटघाट गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.