पूर्व राष्ट्रपतिका नातिसँग लभ गरेवापत निशाकुसुम भण्डारीलार्इ राष्ट्रपतिले तक्मा दिनुपर्ने ?

  २०७५ जेठ १७ गते ९:२४     गाेपाल कृष्ण अाचार्य

मेरा एकजना लगौटीयार एमाले साथी छन् रामप्रसाद (नाम परिवर्तन) । हामी एउटै थालमा खाएर हिडेका पनि छौं, एउटै सिरक तानातान गर्दै कयौ रात काटेका पनि छौै ।

कलेज पढ्दा उ अखिल सखिलमा राम्रै लागेको पनि हो । सरकारी कर्मचारी कहिल्यै जान नमान्ने जुम्लामा गएर उसले बर्षौ काम गरेको छ, अहिले पनि उसको पोष्टिग दार्चुलामा छ, एकदम खुशीसाथ जनताको सेवा गरेकै छ ।

म आज दावाका साथ यत्ति भन्छु उषाकिरण र लताकिरणको भन्दा मेरो त्यो साथीको योगदान कम चाही छैन ।

 

हिजो राजपरिवार र गणतन्त्र आइसकेपछि प्रचन्डले छोरा प्रकाशलाई तक्का दिएको भनेर विरोध गर्नु बेकार रहेछ ।

निशाकुसुम भण्डारीले पूर्व राष्ट्रपति रामवरण यादवकाे नाति अभिशेष यादवसँग लभ गरेर विहे गरेको योगदानभन्दा लगभग दुई दसक निष्पक्षताका साथ सरकारी सेवा गरेको मेरो त्यो साथीले किन तक्मा नपाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.