विश्वले नै सबैभन्दा धेरै रुचाइएको गन्तव्य अष्ट्रेलिया हो- नवराज केसी

२०७५ जेठ १७ गते १७:४४ विकासन्युज

स्कुलको शिक्षक, प्रधानध्यापक, आएल्स प्रशिक्षक हुँदै आज सफल परमर्शदाता हुन् नवराज के सी । उनीसंग यो क्षेत्रमा १२ वर्षको अनुभव छ । ठुलो अन्तर्राष्ट्रिय स्तरको संस्था हाकिरहेका केसीले धेरै विद्यार्थीहरुको बैदेशिक शिक्षाको सपना पुरा गरिदिएका छन् । पछिल्लो समय नेपाली विद्यार्थी गुणस्तरीय शिक्षाको खोजिमा विभिन्न मुलुकमा पुग्ने गरेका छन् । राजनीतिक अस्थिरता र सम्भावनाको प्रयोग हुन नसक्दा युवावर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । प्रस्तुत छ यसै विषयमा एसआइईसी डाइरेक्टर नवराज केसीसँग विकासन्युजका राजाराम न्यौपानेले गरेका कुराकानी ।

नवराज केसी, संचालक, सोनिया इन्टरनेशल एजुकेशन एण्ड क्यारियर्स (एसआइईसी)

कन्सलटेन्सी आम जनमानसले कसरी बुझ्ने ?

कन्सलटेन्सी जसलाई नेपालीमा शैक्षिक परार्मश दिने व्यवसाय पनि भनिन्छ । विशेष गरि विदेशमा अध्यय गर्न जानेहरुलाई कुन कलेज जाँदा राम्रो हुन्छ भनेर सल्ला दिने हो । कुन विषय, कुन कोर्ष पढ्दा राम्रो हुन्छ र पछि नेपाल फर्कदा वा उतै बस्दा कस्तो खालको अवसर पाहिन्छ भन्ने विषयमा बुझाउनेहरुलाई नै कन्सलटेन्सी भनिन्छ ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरु कुन वर्गका हुन् ?

अहिलेको समयमा मध्यम र उच्च वर्गका विद्यार्थीहरु नै धेरै छन् । यो त्यति सस्तो पनि छैन । थोरैमा पनि १०/११ लाख लगानी गर्नु पर्ने हुन्छ । विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका, जर्मनी, डेनमार्क र चीनलगायतका देशमा जाने गरेको देखिन्छ । अहिले सम्पतीको मूल्यपनि धेरै बढेको छ । शैक्षिक लोनहरु लिएर विदेश अध्ययन गर्न जानेहरु पनि छन् ।

नेपाल छाडेर अन्य देश अध्ययन गर्न जाँदा के के फाईदा हुन्छ ?

विद्यार्थीको पहिलो उद्देश्य भनेको पैँसा कमाउनु भन्दापनि पढ्ने हुनु पर्दछ । नेपालमा भन्दा विकसित मुलुकमा गएर पढेका विद्यार्थीहरु सक्षम र दक्ष हुन्छन् । सरकारले तोकेको समय काम पनि गर्न पाँउछन् । अन्तराष्ट्रिय विद्यार्थीले हप्ताको २० घण्टा काम गर्न पाउछन् । उनीहरुले काम गर्दै गर्दा सीप पनि सिकेर दक्ष बन्न सक्छन् । कतिपय देशले १÷२ वर्ष पढेपछि कामका लागि भिषा पनि दिने गरेको छ । त्यसले विद्यार्थीलाई सहयोग हुन्छ । नेपाली विद्यार्थीले विदेशमा गएर अध्ययन र सीप सिकेर स्वदेशमा नै आएर काम गरिरहेका हुन्छन् ।

नेपाली विद्यार्थीहरु के कारणले विदेश अध्ययन गर्न जान्छन् ?

नेपालमा विद्यार्थीले पढ्न चाहेको कोर्स छैन । रिसर्चबेसको कोषहरु पनि छैनन् । महाविरपुन जस्ता व्यक्तिहरुले नेपालमा आविष्कार केन्द्र खोल्छु भन्दा पैँसा मागेर हिड्न परेको छ । नेपालकै विश्वविद्यालय हाता भित्रनै राम्रो रिसर्च भएको भए अहिले उनी पैँसा माग्दै हिडने अवस्था हुँदैन थियो । नेपालको शैक्षिक अवस्था पछाडी परेको कारणले नै विद्यार्थीहरु अध्ययनको लागि विदेशीयका हुन् ।

नेपालबाट बाहिर अध्ययनका लागि गएका कति विद्यार्थीले पढाइ पुरा गर्छन् ?

नेपालबाट अन्य देश अध्ययन गर्न गएका विद्यार्थीहरुको मानसिकता नै पैँसा कमाउने भन्ने हुन्छ । ५०/६० प्रतिशत विद्यार्थीले समयमा नै पढाइ सकाएका छन् । विद्यार्थीले पढाइसँगै पैसा पनि कमाइ रहेका हुन्छन् ।

कन्सलटेन्सीहरुका लागि चुनौती के के छन् ?

कन्सल्टेन्सी भनेको चुनौती नै चुनौतीले भरिएको ठाँउ हो । सबैभन्दा ठुलो समस्या भनेको अहिले कन्सलटेन्सीको नाममा भित्रिएका नयाँ व्यतिmहरु हुन् जस्तो मलाई लाग्छ । नयाँ भित्रियकाहरुको नियत कस्तो हो ? उनीहरु सेवा दिने हिसाबले आएका भए त राम्रो हो तर अन्य नियतले आएका रहेछन् भने कन्सलटेन्सीलाई समस्या बनाएर जान्छन् । कन्सलटेन्सीले कामको भिषा मिलाइ दिन्छु भन्दै २/४ करोड उठाएर भागीरहेका छन् । त्यस्ताले हामी दायाँ बायाँ नगरी काम गर्नेहरुलाई समेत असर पारेर जान्छन् ।

नेपालमा कति कन्सलटेन्सीहरु छन् ?

नेपालमा लगभग २ हजारको हाराहारीमा कन्सलटेन्सी संचालित छन् । १२/१३ सय कन्सलटेन्सीहरु मात्रै दर्ता भएर संचालन भएका छन् । अरु बाँकी दर्ता बिना संचालन भैरहेका छन् । तिनीहरुले सरकार र हामीलाई चुनौती दिइरहेका छन् । उनीहरुले नराम्रो काम गरेको बेला हामी कन्सलटेन्सी व्यवसायहरु मारमा पर्ने हो । हामीले पनि इक्यानमा बसेर हेरीरहेका छौँ । यसलाई कसरी व्यवस्थीत गर्ने भनेर हाम्रो पनि दाहित्व छ । नराम्रो देखीदा हामीले पनि प्रतिक्रिया दिने गरेका छौं ।

प्रतिवर्ष कति नेपाली विद्यार्थी अध्ययनको लागि बाहिर जान्छन् ? कति फर्केर नेपाल आउछन् ?

उच्च शिक्षाको लागि यतिनै संख्यामा विदेश जान्छन् भन्ने एकिन तथ्यांक त हामीसँग हुँदैन । थोरैमा पनि १५ हजार जति विदेश अध्ययनका लागि जाने गरेका छन् । नेपालबाट विदेश अध्ययनका लागि गएका ५ देखी १० प्रतिशत मात्रै नेपालमा आउने गरेका छन् । विदेशमा अध्ययन पुरा गरे पछि नेपाल आएकाहरु पनि अवसर नपाएर पुन विदेशनै जाने गरेका छन् । लगानी गर्ने वातावरण र रोजगारीको अवसर नहुँदा नेपाल फर्किदैनन् ।

नेपालमा कर्मचारीतन्त्र पनि त्यस्तै खाले छ । कुनै कम्पनी संचालन गर्छ र त्यसबाट फाइदा भएन भने उ पुनः विदेशीन्छ । नेपालमा पनि रोजगारी र लगानीको वातावरण हुने हो भने विदेशमा अध्ययन साकिए पछि नेपाल आउथे । कोरियाका विद्यार्थीहरु पनि अन्य देशमा अध्ययन गरेर आफ्नो देशमा गएर विकास गरिरहेका छन् । त्यो देशमा रोजगारी र काम गर्ने वातावरण छ ।

नेपालको भन्दा विदेशको कोर्समा के फरक छ ? खास नेपाली विद्यार्थीहरु विदेश अध्ययन गर्न जानुको मूल कारण चाँही के हो ?

कोर्स स्ट्रकचर उस्तै उस्तै हो तर अध्ययन गराउने तरिका फरक छ । हामीले एक वर्ष पढेर एउटा परीक्षा दिइरहेका हुन्छौं, तर विदेशमा सेमेस्टर प्रणालीमा कक्षाहरु संचालन हुन्छन् । प्रोजेक्ट बेस र स्कीलवाला कोर्सहरु अध्ययन गराउँछन् । उनीहरुले बजारको मागअनुसारको कोर्स बनाउछन् तर हाम्रो देशमा २५ वर्ष अगाडी देखीको कोर्स हामीले पनि पढ्यौ र हाम्रा सन्ततीले पनि सायद यहि पढ्लान ।

कुनै एक जना विद्यार्थी विदेश अध्यय गर्न चायो भने कति खर्च लाग्छ ?

थोरैमा १० लाख देखि धेरैमा २०/२२ लाखसम्म खर्च लाग्छ । देश हेरेर, कोर्स हेरेर, कुन स्थानको कलेज अध्ययन गर्ने हो । तिनै कुराले कतिखर्च हुन्छ भनेर निधारण गर्छ ।

नेपालबाट अध्ययन गर्न गएका विद्यार्थीले अध्ययन गरेनन् भने त्यहाँको सरकारले के गर्छ ?

त्यहाँको सरकाले कलेजमा ८० प्रतिशत उपस्थित हुनु पर्छ भनेको छ । विद्यार्थीको उपस्थिति देखीएन भने सिधै इमिग्रेसन मार्फत नेपाल पठाउँछ र विद्यार्थीको भिषा रद्ध हुन्छ ।

कन्सलटेन्सीहरुलाई शैक्षिक मेनपावर व्यवसायी भन्ने आरोप पनि छ नि?

आरोप त जस्ले जस्लाई जे पनि लगाउन पाँउछ । बिचमा गलत प्रकृतीका मान्छेहरु भित्रीय त्यसपछि यो क्षेत्रमा हिलो छ्यापिएको छ । राम्रो र नराम्रो सबै ठाउँ हुन्छ । नराम्रो भएन भने राम्रोको कुनै महत्वनै हुँदैन । यो क्षेत्रलाई मेनपावर नै चाँहि भन्न मिल्दैन । बौद्धिक वर्गलाई अझ बौद्धिक बनाउन विदेश अध्ययका लागि पठाउने एउटा संस्था हो । हामीले एनआरएन उत्पादन गरेको हो । हामो देशका प्रधानमन्त्री, मन्त्रीहरुले एनआरएनको लगानी ल्याउन सकियो भने देशनै परिवर्तन हुन्छ भनेर लागिरहेका छन् । एनआरएन जन्माउनमा हाम्रो ठुलो हात छ । जुन कुरा राज्यले बुझ्न सकेको छैन । यो क्षेत्रलाई कसरी राम्रो बनाउने हो भनेर सोच्ने हो भने विदेशका कलेजहरुसँग हाम्रो राम्रो सम्बन्धले विदेशका विद्यार्थी नेपालआएर अध्यय गर्ने सम्भावना रहन्छ । हामीलाई मेनपावर व्यवसाही भन्नु गलत मानसिकता हो ।

राज्यले अनुगमन किन गर्छ बेला बेलामा ?

गलत काम गर्नेहरुका लागि पुलीस र प्रशासनले बेला बेलामा छापा मारिरहेको छ । तर दर्ता बिना नै निर्वाध रुपमा चलिरहे कै छन् । तिनीहरुले अवैधानीक काम गरिरहेका छन् । अहिलेको नयाँ ऐन बन्ने प्रकृयामा छ, त्यो ऐनले गलत काम गरेका कन्सलटेन्सीहरुलाई खारेज गर्ने र इक्यानले पनि कुनै कन्सलटेन्सी खराब भए पुलीस प्रशासनलाई कार्वाही गर्ने भन्ने खालको क्षमता राख्छ र राख्नु पनि पर्छ । बेला बेलामा छापा मारिरहनु पर्छ गलत काम गर्न संस्था वा व्यक्तिहरु डराउछन् ।

कुनै विद्यार्थी विदेश अध्ययन गर्न चाहेको छ भने उसले पहिले ५/७ वटा कन्सलटेन्सी जानु पर्छ र कुन राम्रो छ छुट्टाएर कन्सलटेन्सी रोज्नुपर्छ । काम खोजी दिन्छु वा लगाइ दिन्छु भन्नु भन्दा पनि यसमा राम्रो करिअर हुन्छ भनेर बुझाउनु पर्छ । विद्यार्थीले पैँसा दिँदा कस्लाई दिने भनेर राम्रोसँग बुझ्नु पर्छ ।