गैरआवासीय नेपालीलाई नागरिकता दिन एनआरएनएको माग, प्रशासनमन्त्री लालबाबु पंडितको यस्तो छ जवाफ

  २०७५ जेठ १२ गते ७:५७     विकासन्युज

काठमाडाैं । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको पदाधिकारीहरु सम्मिलित एक प्रतिनिधि मंडलले संघीय मामिला तथा सामान्य प्रशासानमन्त्री लालबाबु पंडितसंग भेटघाट गरेको छ ।

संघका अध्यक्ष लगायत पदाधिकारीहरुले लालबाबु पंडितलाई संघीय मामिला तथा सामान्य प्रशासान मन्त्रालयको पदभार सम्हालेकामा बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन् ।

संघका अध्यक्ष भट्टले मुलुकको समृद्धि बिना व्यक्तिको समृद्धिको खासै अर्थ नरहने तथ्यलाई मध्यनजर गरेर समृद्ध नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा साझेदारको रुपमा सहभागी गराउन आग्रह गरे । उनले नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक सामाजिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको प्रावधान राखेकोमा कानून बनाएर यस्तो नागरिकता दिने व्यवस्थाका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

संघका उपाध्यक्ष कूल आचार्यले विदेशमा बस्ने नेपालीहरुलाई भूपू नेपाली नभनिदिन हुनको लागि आग्रह गर्दै बरू उनीहरुले विदेशमा आर्जन गरेका सीप र ज्ञानलाई नेपालमा सदुपयोग गर्नको लागि नेपाल सरकारसँग पहल गरिदिन हुन माग गरे ।

अन्त्यमा मन्त्री पंडितले आफू गैरआवासीय नेपालीहरुलाई नेपालको विकासमा सहभागी गराउन पक्षधर रहेको तर दुइ वा दुइ भन्दा बढि मुलुकको मतदाता हुन नहुने धारणा राखे । उनले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीहरुको नागरिकताको व्यवस्थामा आफ्नो पूर्ण समर्थन रहेको र कानून निर्माण गरी लागु गर्नेमा पनि समर्थन रहने बताए । उनले आफू संधै दृढ विचार र स्पष्ट धारणा राख्ने व्यक्ति भएकोले सबैसँग बहस एवं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.