यातायात मन्त्री महासेठले भने-‘मैले ठेकेदारको पनि समस्या बुझिसकेको छु’

  २०७५ जेठ ११ गते १९:०२     विकासन्युज

काठमाडौं । यातायात भौतिक तथा पुर्वाधार मन्त्री रघुविर महासेठले निर्माण व्यवसायीहरुलाई काम गर्न तयार भएर बस्न बताएका छन् । नयाँ आर्थिक वर्षमा धेरै आयोजनाहरुको काम गर्नु पर्ने भएकाले तयार भएर बस्न सुझाएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघले गरेको कार्यक्रममा बोल्दै महासेठले १० वर्षमा देशभर १५ हजार किलोमिटर सडक निर्माण गर्ने बताएका हुन् । उनले भने-‘निर्माण व्यवसायीहरुको समसस्या मैले बुझिसकेको छु, विस्वासको साथ काम गर्नलाई तयार भएर बस्नुहोस् आगामी आर्थिक वर्षमा धेरै आयोजनाहरु निर्माण गर्नुपर्ने रहेको छ ।’

नेपाललको काम काम गर्न विदेशी कम्पनी ल्याउन नपर्ने गरी काम गर्न व्यवसायीहरुलाई जोड दिएका हुन् ।

कार्यक्रममा महासंघले देशभर काम गरिरहेका उत्कृष्ट ठेकेदारहरुलाई पुरस्कृत समेत गरेको छ । देशभर रहेका १२ हजार व्यवसायीहरु ए, बि, सी र डी ग्रेडका कम्पनीहरुबाट उत्कृष्ट घोषणा गरी पुरस्कृत गरिएको हो । ए ग्रेडमा रहको हिन्टिङ एण्ड कोल्बस प्रालीले सर्वोकृष्ट उपाधी हासिल गरेको छ भने सिल्भर मेडल के एण्ड के कन्ट्रक्सनले प्राप्त गरेको छ ।

त्यसैगरी आश्वर्य निर्माण कम्पनीले बि ग्रेडको उत्कृष्ट उपाधी हासिल गरेको छ । सी ग्रेडको कुनै पनि कम्पनी पुरस्कार योग्य नभएको महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष विष्णु श्रेष्ठले ठेकेदारहरुको ४० अर्ब सरकारले भुत्तानी दिन बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.