सनराइज बैंकले पायो ‘एमाइनस’ ईस्यूवर रेटिङ्ग, जोखिम न्यूनिकरण गर्न सफल

  २०७५ जेठ ११ गते १६:५५     विकासन्युज

काठमाडौं । केयर रेटिङ्स नेपाल लिमिटेडद्धारा सनराइज बैंकले ‘एमाइनस’ ईस्यूवर रेटिङ्ग पाएको छ । शुक्रबार एक कार्यक्रमबीच केयर रेटिङ्स नेपालका प्रमुख कार्यकारी अधिकृत साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई उक्त ग्रेडको रेटिङ्ग प्रदान गरेको पत्र हस्तान्तरण गरेका हुन् ।

‘एमाइनस’ रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने क्षमताका साथै “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । बैंकले पनि लगानीकर्ताहरुको सुरक्षाको लागि जोखिमहरुलाई न्यूनिकरण गर्दै लगेकोले उक्त ग्रेडको रेटिङ्ग पाएको हाे । आगामी दिनहरुमा पनि कम्पनीको परिसूचकहरु अझ सशक्त गर्दै लैजाने बैंकको प्रतिवद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.