सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्सबीच रेमिट्यान्स भुक्तानी सम्झौता

  २०७५ जेठ ११ गते १५:५८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेल र इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै इजीलिंक रेमिट्यान्स मार्फत कोरिया, जापान, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका जुनसुकै शाखाबाट सजिलै भुक्तानी लिनका साथैै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ ।

सम्झौतापछि सिद्धार्थ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिएका छन् ।

बैंकले हाल ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, ११० एटिएम र ८०० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप ९० अर्ब ६४ करोड रुपैयाँ र कर्जा लगानी ८२ अर्ब ४ करोड रुपैयाँ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.