सिटिजन्स म्युचअल फण्डको खुद सम्पत्ति बढ्यो, प्रतिइकाई १० रुपैयाँ १३ पैसा

  २०७५ जेठ ११ गते ९:३८     विकासन्युज

 

काठमाडौं । सामूहिक लगानी कोष ( म्युचअल फण्ड) को प्रतिफल घटि रहेका बेला सिटिजन्स म्युचअल फण्ड १ को भने बढेको छ । गत माघमा बिक्री भएको सिटिजन्सको प्रति ईकाई १३ पैसा बढेको छ । प्रति इकाई खुदसम्पत्ति मुल्य १० रुपैयाँ १३ पैसा पुगेको हो ।

सिटिजन्स म्युचअल फण्डले १ करोड ८ लाख रुपैयाँ खुदआम्दानी गरेको छ । सिटिजन्स म्युचअल फण्डले १४ कम्पनीको साधारण र संस्थापक सेयरमा गरी २ करोड ७० लाख रुपैयाँ लगानी गरेको छ ।

सिटिजन्सले नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक, सनराइज, सिभिल, ग्लोबल आईएमई, जनता कुमारी, माछापुच्छ्रे बैंक, ज्योति, देव विकास बैंक, सेन्ट्रल फाइनान्स, आरम्भ माइक्रो फाइनान्स र जलविद्युत लगानी तथा विकास कम्पनीमा लगानी गरेको छ । सीबीआईएलको स्वामित्वमा ९५ हजार १६० कित्ता सेयर स्वामित्व छ ।

सिटिजन्सले १ अर्ब रुपैयाँको म्युचअल फण्ड निष्कासन गर्दा ८३ करोड ४३ लाख रुपैयाँको मात्र बिक्री भएको थियो ।
पछिल्लो समयमा अधिकाँश म्युचअल फण्डको सम्पत्ति २० प्रतिशतसम्म घटेर प्रतिइकाई ८ रुपैयाँमा समेत झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.