प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी

  २०७५ जेठ १० गते १९:१०     विकासन्युज

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारी नियुक्त भएका छन् । बिहीबार(आज) सम्पन्न कम्पनीको १६औँ वार्षिक साधारणसभाले कालिकोटा र अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको हो ।

उक्त सभा बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३/०७४को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित गरको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.