घरेलु मदिरा नियन्त्रण नगरे प्रधानमन्त्री अाेली विरुद्ध मुद्धा

  २०७५ जेठ १० गते १८:४६     विकासन्युज

काठमाडौं । कानून, न्याय तथा सामाजिक कल्याण मञ्च नेपालले प्रधानमन्त्री केपि शर्मा अाेलीलाई भेट गरी घरेलु मदिरा नियन्त्रण गर्न ज्ञापन पत्र बुझाएको छ । मंगलबार मञ्चले प्रधानमन्त्रीलाई भेटी समाजमा जताततै बनाइने घरेलु मदिरालाई नियन्त्रण गर्न माग गरेको हो ।

मञ्चले मदिराको कारण आम नागरिकको जीउज्यान, स्वास्थ्य सम्पत्ति, सुशासन र आमनचयन गुमेको भन्दै मदिरा नियन्त्रण गर्न माग गरेको छ । जहातहीँ, जतिखेर पनि बनाइन्दै आएको जाँड, रक्सी, छ्याङ, निगार, तोङ्वा लगायतको मदिरा नियन्त्रण गर्नु पर्ने जोडदार माग गरिएकाे छ ।

गएको माघ १९ गते मञ्चको कार्य समितिको निर्णय बमोजिम मुलुकमा रहेको घरेलु मदिराको अवस्था, वैधता, असर लगयतको अध्ययन गर्न तीन सदस्सयि अध्ययन समिति गठन गरेको थियो ।

मञ्चको कोषध्यक्ष शारदा गुरुङको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन प्रतिवेदन समेत पेश गरिसकेको मञ्चका अध्यक्ष जगन्नाथ मिश्रले बताए ।

मञ्चकाले गरेको अध्ययनका अनुसार घरेलु मदिराको कारण कर असुली तथा राजश्व संकलनमा नकारात्म असर पुर्याएको छ । गुणस्तर सम्बन्धी कुनै प्रयोगशाला छैन । नागरिकको जिउज्यान स्वास्थ्य सम्पत्तिमा हानीनोक्सानी पुगेको छ ।

उत्पादनको लागि कच्चा पदार्थको रुपमा थोत्रा लुगा,टायर, प्रयोग भइसकेका कण्डम, प्रयोग भइसकेको सेनेटरी प्याड, बच्चाको सालनाल, सिनो लगायतका अत्यन्तै हानीकारक वस्तुहरु प्रयोग भएको गुनासो आएको मञ्चको भनाइ छ । । ‘त्यस्ता वस्तुको प्रयोगले आम नागरिकमा मन्दविषको काम गरेको छ,’ मञ्चका अध्यक्ष मिश्रले भने ।

जतिपनि गाँउघर/सहर बजारमा भइरहेको घरेलु हिंसा,चोरी, भ्रष्टचानर, बलात्कार, गुण्डागर्दी, ज्यान मार्ने लगायतको घटना पनि घरेलु मदिराकै कारण भएको उनको ठहर छ ।

मदिराको कारण वहुविवाह, सम्बन्ध विच्छेद, गाली वेइज्जती वेश्यावृत्ति जस्ता सामाजिक विखण्डन निम्त्याउने श्रंखलावद्ध घटना घट्ने अध्ययनमा देखिएको छ ।

मदिराको कारण पुरुष र महिलामा बाँझोपन ल्याउनेदेखि अध्ययन गर्दै गरेका बालबालिकाको नियमित अध्ययन समेत टुटाउने गरेको मञ्चले गरेको अध्ययनमा देखिएको अध्यक्ष मिश्रको भनाइ छ ।

अखाद्ययुक्त घरेलु मदिरा सेवन गर्दा हार्ट डिजिज, ब्लडपेसर बढ्नेदेखि क्यानसरसम्मका रोग लग्ने गुरेको उनले जानकारी दिए । यी विभिन्न कारणले पनि मदिरा बिक्री नियन्त्रण गर्नु पर्ने उनको जोडदार माग छ ।

मुलुकको ऐन कानूनमा समेत घरेलु मदिरा बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको उनको भनाइ छ । सरकारले मागको सुनुवाइ नगरेको अवस्थामा कानूनी उपचारको लागि अदालत जाने उनले बताए । ‘अहिले हामी पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने ‘केही समय पर्खन्छौं । सुनुवाई नभए सरकार विरुद्ध नै मुद्धा हाल्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.