एमभी दुगडको जोनडियर ट्रयाक्टरमा नविल बैंकले ७५ प्रतिशतसम्म लगानी गर्ने

  २०७५ जेठ १० गते १३:२०     विकासन्युज

काठमाडौं । एमभी दुगडको जोनडियर ट्रयाक्टरमा नविल बैंकले ७५ प्रतिशतसम्म लगानी गर्ने भएको छ । सो मात्राको लगानीको लागि नबिल बैंक र विवेक अटोमोबाइल्स प्रा.लिले सम्झौता गरिसकेका छन् ।

उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सका तर्फबाट अध्यक्ष विवेक दुगड तथा नबिल बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाहले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले अमेरिकन ब्रान्डको जोन डियर ट्रयाक्टरलाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् ।

साथै, बैंकले नेपाल राष्ट्र बैंकद्धारा निर्दिष्ट गरिए बमोजिम कृषि कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन उक्त संस्थासँग सम्झौता गरेको हो । उक्त सम्झौताबाट नेपालको कृषि क्षेत्रमा सरल तवरबाट उत्पादन र आय आर्जनमा थप टेवा पुग्ने अध्यक्ष विवेक दुगडले बताए ।

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स जोन डियर ट्रयाक्टर नेपालका लागि आधिकारिक बिक्रेता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.