परराष्ट्रमन्त्री ज्ञवालीको कृषि विकास बैंकको खातामा मात्रै २ हजार

  २०७५ जेठ ९ गते १५:१७     विकासन्युज

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको कृषि विकास बैंक लिमिटेडमा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिन्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री ज्ञवालीको कृषि विकास बैंक लिमिटेडको खातामा २ हजार रुपैयाँ मात्रै बचत रहेको देखिएको हाे ।

यद्यपि एभरेष्ट बैंक लिमिटेडमा स्तम्भ लेख, रोयल्टी लगायतको पारिश्रमिकबाट आएको २ लाख ५७ हजार रुपैयाँ बचत रहेको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।

कार्यालयको अनुसार सरस्वती ज्ञवाली अर्यालको नाममा २१ लाख रुपैयाँ बराबरको एक तले घर, अनुमानित २ तोला सुन सम्पत्तिको नाममा रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.