प्राथमिक पुँजी धेरै हुनेमा कृषि विकास र कम हुनेमा एनसीसी बैंक, हेर्नुस कसको कति

  २०७५ जेठ ९ गते ११:३९     विकासन्युज

काठमाडौं । सरकार स्वामित्वको कृषि विकास बैंकको सबैभन्दा बढी प्राथमिक पुँजी (कोर क्यापिटल) रहेको छ । कृषि विकासको २३ अर्ब १३ करोड ४० लाख रुपैयाँ प्राथमिक पुँजी रहेको छ । सबैभन्दा कम प्राथमिक पुँजी हुनेमा नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक रहेको छ ।

एनसीसीको प्राथमिक पुँजी ७ अर्ब ४९ करोड ९० लाख रुपैयाँ छ । एनसीसीले न्युनतम चुक्तापुँजी पुर्याउन नसक्दा सबैभन्दा कम देखिएको हो । निजी क्षेत्रको सबैभन्दा बढी प्राथमिक पुँजी हुनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्टको २० अर्ब ९ करोड, नविल बैंकको १६ अर्ब १३ करोड, एभरेष्ट बैंकको १३ अर्ब ७२ करोड, नेपाल बैंकको १३ अर्ब ८२ करोड र राष्ट्रिय वाणिज्य बैंकको १२ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।

यसैगरी स्ट्याण्डर्ड चाटर्ड बैंकको १२ अर्ब ६२ करोड, हिमालयन बैंकको १२ अर्ब ९६ करोड रुपैयाँ छ । ग्लोबल आईएमई बैंकको ११ अर्ब ८४ करोड, नेपाल एसबीआई बैंकको ११ अर्ब ७८ करोड, एनएमबी बैंकको ११ अर्ब ७४ करोड, सिद्धार्थ बैंकको ११ अर्ब, बैंक अफ काठमाण्डुको ११ अर्ब १५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंकको १० अर्ब ६७ करोड, नेपाल बंगलादेश बैंकको १० अर्ब ९२ करोड रुपैयाँ प्राइम कमर्शियल बैंकको १० अर्ब ५६ करोड, सनराइज बैंकको १० अर्ब १८ करोड, माछापुच्छ्रे बैंकको ९ अर्ब ७० करोड, कुमारी बैंकको ८ अर्ब ९७ करोड, लक्ष्मी बैंकको ९ अर्ब ९४ करोड, सिटिजन्स बैंकको १० अर्ब, प्रभु बैंकको १० अर्ब ४० करोड रुपैयाँ छ । यसैगरी मेगा बैंकको ९ अर्ब ९ करोड, सिभिल बैंकको ८ अर्ब ७१ करोड, सेञ्चुरी कमर्शियल बैंकको ९ अर्ब २१ करोड र सानिमाको ९ अर्ब ५३ करोड रुपैयाँ छ ।

चुक्तापुँजी, संचितकोष ९रिजर्भ० प्रस्तावित बोनस सेयर, सेयर प्रिमियम, साधारण जगेडा कोष, संचित नाफा–नोक्सान, पुँजी समायोजन कोष र अन्य स्वतन्त्र कोष जोडेर प्राथमिक पुँजीको गणना गरिन्छ ।

प्राथमिक पुँजी ८ अर्ब रुपैयाँ पुग्नेले विदेशी बैंक तथा वित्तीय संस्थाबाट बढीमा २ अर्ब रुपैयाँसम्म परिवत्र्य मुद्रामा लगानी ल्याउन पाउने छन् । २८ वाणिज्य बैंकको प्राथमिक पुँजी ३ खर्ब २७ अर्ब ७२ करोड रुपैयाँ छ । वाणिज्य बैंकहरुले विदेशबाट ७८ अर्ब रुपैयाँ बराबर विदेशबाट ऋण लिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.