मन्त्री महासेठले भने-सिन्डिकेट हटाएको जस लिने मन्त्री हुन्छ कि विभाग प्रमुख ?

  २०७५ जेठ ८ गते १४:५३     विकासन्युज

काठमाडौं । यातायात मन्त्री रघुविर महासेठले सिन्डकेट हटाउने जस विभाग प्रमुखले लिने हो कि मन्त्रीले भनी प्रश्न गरेका छन् । सरकारको निति तथा कार्यक्रमबारे रिपोटर्स क्लबमा बोल्दै मन्त्री महासेठले सिन्डिकेट हटाउन निर्देशन दिने म जस लिने अरु हुन सक्छ भनि प्रश्न गरेका हुन् ।

उनले सिन्डिकेट हटाउने कुरा ठुलो नभएको बताउदै यातायात क्षेत्र व्यवस्थित गर्नुपर्ने बताए । महासेठले भने रुपनारायण जीले सिन्डिकेट हटाउन सहयोग गरे, अहिले मन्त्रालयमा आवश्यक भएकोले केहि दिनको लागि बोलाएको हुँ, उनको अर्को मन्त्रालयमा सरुवा भएको छैन ।

सबै प्रकारको सिन्डिकेट हटाउने नेपाल सरकारको निति रहेको र यो कुनै विभागले चाहेर नभएको उनले बताए । स्मार्ट लाइसेन्स लगायत सबै यातायात सेवा तथासुविधालाई आधुनिकरण गर्नुपर्नेमा उनको जोड थियो ।

उनले थपे -‘५ वर्षभित्र सरकारले रेल मार्ग र सबै स्थानिय तहमा सडक पहुँच पुग्छ, भित्री तराइका सबै जिल्ला हुलाकी राजमार्गले जोडिनेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.