रुद्राक्षको खेती गर्ने सोचमा हुनुहुन्छ ? प्रवद्र्धन केन्द्रले यसरी वितरण गर्दैछ २० हजार विरुवा

  २०७५ जेठ ८ गते ११:०३     विकासन्युज

काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले २० हजार रुद्रक्षको विरुवा खरिद गर्ने भएको छ । पुरानो र नयाँ रुद्राक्ष गरी केन्द्रले २० हजार वटा विरुवा टेण्डर प्रक्रियाबाट खरिद गर्न लागेको हो ।

केन्द्रका निर्देशक नविनराज शर्माले यसरी खरिद हुने विरुवा सुनसरी र संखुवासभाका किसानलाई वितरण गरिने बताए । उनले रुद्रक्षको बजार बढ्दै गएकोले वातावरण अनुसार जो कोहि कृषकले यसको खेति गर्न सक्ने बताए ।

केन्द्रले २ वर्ष परानो विरुवा १२ हजार वटा माग गरेको छ भने डेढ वर्ष पुरानो विरुवा ८ हजार वटा माग गरेको छ । २ वर्ष पुराना विरुवा खरिद गर्नका लागि केन्द्रले १८ लाख ६० हजार रुपैंया तोकेको छ भने डेढ वर्ष पुरानो विरुवालाई ११ लाख २० हजार रुपैंया तोकेको छ । खरिद प्रक्रियामा सहभागी जनाउन चाहने फर्म वा कम्पनीलाई केन्द्रले जमानत स्वरुप साढे ४६ हजार र २८ हजार दिनेछ ।

केन्द्रले विरुवा खरिद गरेर सुनसरी, भोजपुर र संखुवासभाका उद्योग वाणिज्य संघलाई हस्तान्तरण गर्नेछ । संघले कृषकलाई एकदिने तालिम दिएर विरुवा वितरण गर्नेछ ।

रुद्राक्षको अन्तराष्ट्रिय बजार बढ्दै गएपछि नेपालमा यसको खेति बढाउन लागिएको निर्देशक शर्माले बताए । रुद्रक्षको विरुवा असारदेखि असोजसम्म रोप्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.