विदेशबाट ३७ अर्ब ९६ करोड पेन्सन आयो

  २०७५ जेठ ७ गते १२:३७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने पेन्सन १३.९ प्रतिशत बढेको छ । गत बैंशाखसम्म विभिन्न मुलुकबाट नेपालले ३७ अर्ब ९६ करोड २२ लाख रुपैयाँ पेन्सनवापत प्राप्त गरेको छ । गत आवको सोही अवधिमा ३३ अर्ब ३१ करोड ९७ लाख रुपैयाँ पेन्सन आप्रवाह भएको थियो ।

गत आवमा ४५ अर्ब ५९ करोड रुपैयाँ पेन्सन नेपाल भित्रिएको थियो । यो वर्ष अझै बढ्ने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पेन्सन विशेष गरी वेलायत, भारतलगायत मुलुकमा काम गरेको सेनाले अवकासपछि पाउदै आएको रकम हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.