२०२० नेपाल भ्रमण वर्ष, १५ लाख विदेशीलाई नेपाल घुमाउने

  २०७५ जेठ ७ गते ११:२६     विकासन्युज

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने भएको छ । ०१९ भित्रमा पुर्वाधार विकासको काम सकि ०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिएको हो ।

०१९ को अन्त्यसम्म अन्तर्राष्ट्रिय विमानस्थलको काम सकि ०२० मा १५ लाख बढी पर्यटकलाई नेपाल घुमाउने पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताए ।

राजधानीमा आयोजित कार्यक्रममा चीनीयाँ पर्यटक लक्षित वेवसाइटको सुरुवात गर्दै मन्त्री अधिकारीले चीनीया पर्यटकलाई नेपाल घुम्ने वातावरण बनाउने बताएका हुन् ।

वेवसाइटबाट चीनीयाँ पर्यटकले नोपाली पर्यटन क्षेत्र, लोक संस्कृतिक लगायत चीनीयाँ भाषामै पढ्न पाउने छन् । १ वर्षभरीमा चीनले नेपाललाई थप हवाई रुट इजाजत दिने मन्त्री अधिकारीले जानकारी दिए ।

मैलुङ स्याप्रुबेशी सडकखण्ड तयार भएकोले सडकमार्गबाट पनि चीनीयाँ पर्यटक आउन सक्नेछ । कार्यक्रममा नेपालका लागि चीनीयाँ राजदुत यु होङको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.