अखिलमा नयाँ नेतृत्व आउँदै कस्ले मार्ला बाजी !

  २०७५ जेठ ३ गते १६:०७     विकासन्युज

काठमाडौ । अनेरास्ववियुको बैशाख ४ र ५ गते बस्ने केन्द्रिय बैठकले नयाँ नेतृत्व चुन्ने भएको छ । पुर्व अध्यक्ष नविना लामा संघिय सांसद बनेपछि अनेरास्ववियुमा नयाँ नेतृव्व आउन लागेको हो ।

नयाँ नेतृत्वको लागि अध्यक्षमा सुदेश पराजुलीको चर्चा उत्कर्शमा पुगेको छ । किर्तिपुरमा बस्ने केन्द्रिय कमिटी बैठकले पराजुलिलाई अध्यक्ष बनाउने संभावना बढेको हो । सो बैठकबाट अध्यक्ष नबिना लामाले राजीनामा गरेर नया अध्यक्ष चयन गर्ने कार्यसुची छ ।

अध्यक्षका लागि उपाध्यक्षहरु रश्मि आचार्य, महेस बर्तौला, महासचिव ऐन महर र सचिब सुदेश पराजुलीबिच प्रतिस्पर्धा छ ।
आचार्य, बर्तौला र महर केपि ओलि समुहका हुन भने पराजुली माधब नेपाल झलनाथ खनाल समुहका हुन ।

ओलि समुहका तीन जनाबिच प्रतिस्पर्धा चलिरहदा पराजुलीले बाजि मार्ने पक्क भएको हो । पराजुलीलाई अखिल भित्र मिलनसार तथा बौद्धिक व्यक्तित्व मानिन्छ ।

अध्ययनशिल, कुसल संगठक र बौद्धिक व्यक्तित्वका धनी पराजुलीलाई अध्यक्ष बनाउनु पर्ने माग गर्दै सामाजिक संजालमा अभियान चलिरहेको छ । माधब नेपाल र झलनाथ खनालले समेत पराजुलीलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् ।

अध्यक्षमा ओलि समूह बाट शैलेश लामा र सुनिता बरालले पनि दाबी गरेका छन् । महासचिवमा भने नेपाल समूह बाट वसिम आलम र आरती लामाको चर्चा छ । ओलि समूह बाट भने महासचिवमा मकर खड्का, आरसी लामिछाने, समिक बडालले दाबी गरेका छन ।

ओलि समूह आपस जुधिरहदा नेपाल समुहका पराजुलिको पल्ला भारी हुन लागेको हो । अध्यक्षमा दाबी गरिरहेका ओलि समुहका नेताहरुले नै अन्तिममा पराजुलीलाई सघाउने सम्भावना पनि बढेको नेताहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.