आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंक्यास्योरेन्स सम्झौता

  २०७५ जेठ २ गते १४:५०     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच बैंक्यास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकको तर्फबाट सहायक महाप्रबन्धक केशबराज पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले यस बैंकको जुनसुकै शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

सोही अवसरमा आईएमई जनरलका सीईओ युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा कम्पनीका सीईओ युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै जाने प्रतिवद्ध जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.