बैंकर्स एशोसिएसनको अध्यक्षमा ढकाल, महासचिवमा पोखरेल र सदस्यमा ज्ञवाली नियुक्त

  २०७५ जेठ १ गते १७:३४     विकासन्युज

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा गोविन्दप्रसाद ढकाल नियुक्त भएका छन् । नवनियुक्त ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष हुन् ।

साथै, एशोसिएसनको महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल नियुक्त भएका छन् । एशोसिएसनको बैशाख २८ गते सम्पन्न १२औँ साधारण सभाले वैशाख ३१ गतेदेखि लागूहुने गरी कम्पनीको अध्यक्षमा ढकाल र महासचिवमा पोखरेललाई नियुक्त गरेको हो ।

त्यसैगरी, कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई बैंशाख २८ गते देखि नै लागू हुने गरी नियूक्त गरिएको छ । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि रहेको एशोसिएसनले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.