मुक्तिनाथ विकास बैंकको सीईओमा प्रद्युमन पोखरेल, अध्यक्ष मल्लद्धारा पदभार ग्रहण

  २०७५ जेठ १ गते १७:११     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पोखरेललाई उक्त पदमा बढुवा गरिएकाे हो ।

बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगालेका नवनियुक्त सीईओ पोखरेलले संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो सीईओका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले नवनियुक्त सीईओ पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्ग सेवा शुरु गरी करिब १९ वर्ष उक्त बैंकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । त्यसपछि उनले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

यस विकास बैंकले नवनियुक्त सीईओको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुश)लाई बैंकका संचालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.