बाम एकताको गतिरोध चिर्न प्रचण्ड-नेपाल भेट, के के भयो कुरा ?

  २०७५ जेठ १ गते १३:१३     विकासन्युज

काठमाडौं । बाम एकतामा देखिएको गतिरोध चिर्नका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधव नेपालबिच छलफल भएको छ । तुल्सिलाल स्मृति प्रतिष्ठान पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग छलफल गरेका हुन् ।

उनीहरुबिच बाम एकतामा देखिएको गतिरोध अन्त्य गर्दै अघि बढ्ने सहमति पनि भएको छ । ‘पछिल्लो समयमा सुस्ताएको पार्टी एकतालाई गति दिने र मे ३० र ३१ मा आयोजना हुने कार्ल मार्क्सको द्विसतवार्षिकि सन्दर्भको अन्तर्राष्ट्रीय गोष्ठीलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भयो’, माधव नेपालका स्वकिय सचिव मोहन गौतमले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.