साउनयता सेयर बजारमा मात्रै २८ अर्ब २४ करोड थप लगानी

  २०७५ वैशाख ३१ गते १६:०४     विकासन्युज

काठमाडौं । साउनयता सेयर बजारमा विभिन्न माध्यमबाट २८ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । साधारण सेयर (आईपीओ) एफपीओ र हकप्रद सेयर खरिदका लागि सो रकम लगानी भएको हो । जसअनुसार आईपीओ र एफपीओमा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ लगानी भएको छ ।

यस्तै हकप्रद सेयर खरिदमा मात्रै २० अर्ब ७७ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । सामूहिक लगानी कोष (म्युचअल फण्ड) को एकाई खरिदमा ४ अर्ब ८० करोड रुपैयाँ लगानी भएको हो ।

हालसम्म जलविद्युत, वित्त र बीमाका गरी १६ कम्पनीले आईपीओ र एफपीओ निष्कासन गरिसकेका छन् । यस्तै विभिन्न ४ वटा बैंकले म्युचअल फण्डको एकाई बिक्री गरिसकेका छन् । पुँजी वृद्धिका लागि बैंक, वित्त, बीमा र जलविद्युत गरी ४५ कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यसमध्ये केही कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन् ।

बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), ग्रामिण विकास बैंक र प्रमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ निष्कासन गरेका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडललगायतले आईपीओ निष्कासन गरेका छन् ।

मेगा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीलगायतले हकप्रद निष्कासन गरेका छन् ।

म्युचअल फण्डअन्र्तगत सिद्धार्थ, सानिमा, एनआईसी एशिया र सिटिजन्स म्युचल फण्ड रहेका छन् ।
अझै अर्बौ रुपैयाँ बराबरको आईपीओ, एफपीओ, हकप्रद र म्युचअल फण्ड आउने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.