सिटिजन्स बैंकले एकैदिन खोल्यो दुर्गममा ६ वटा शाखा, कति बढ्ला निक्षेप ?

  २०७५ वैशाख ३१ गते १३:४४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले दुर्गम स्थानीय तहमा एकै दिन ६ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ६ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा खोलेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले केन्द्रिय कार्यालयबाटै ६ वटा शाखाहरुको सेवा आरम्भ गरेका हुन् । बैंकले इलामको माङसेबुङ गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, रामेछापको सुनापति गाउँपालिका, काभ्रेको तिमाल गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालका र धनुकुटामा खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका नयाँ शाखा स्थापना गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै दुर्गममा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । यस अघि नै बैंकले नौं वटा स्थानीय तहमा शाखा विस्तार गरिसकेको थियो । निकट भविष्यमै बैंकले प्युठानको झिमरुक, पुर्वी रुकुमको भुमे, हुम्लाको नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौंको टोखा र थानकोटमा शाखा स्थापना गरिसकेको छ ।

बैंकका डेपुटी सीईओ गणेशराज पोखरेलले शाखा सञ्जालसँगै व्यवसाय विस्तारमा बैंकले आफुलाई केन्द्रित गराएको बताएका थिए । सिटिजन्स बैंकको शाखा सञ्जाल अब ७४ वटा पुगेको छ भने ६९ वटा एटिएम ९७ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् । बैंकको ग्राहक संख्या ३ लाख ३५ हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.